समाचार
हुम्ला ।
भारतको नयाँ दिल्लीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मान कार्यक्रममा हुम्लाकी साहियकार तारा रोकाया सम्मानित हुनुभएको छ । हिन्दी उर्दु अदबी सङ्गम दिल्लीद्वारा आयोजना गरिएको कार्यक्रममा अमेरिका, श्रीलङ्का, मरिसस, नेपाल, पाकिस्तान र बङ्गलादेशका वरिष्ठ साहित्यकारहरूको सहभागिता रहेको थियो ।
सो कायक्रममा रोकायासहित अन्य आाठ नेपाली विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिलाई पनि सम्मानित गरिएको थियो । सम्मानले आफूलाई अझै निखारेर साहित्य सिर्जनामा लाग्ने हौसला मिलेको रोकायाले बताउनुभयो । सो अवसरमा विभिन्न देशबाट सहभागी साहित्यकारले वर्तमान साहित्य र त्यसको अवस्थाबारे चर्चा गर्नुभएको थियो ।
भेरी साहित्य समाज केन्द्रीय समितिको अगुवाइमा भारत भ्रमणमा गएको नेपाली साहित्यकारको उक्त टोलीले भारतको आगरा, दिल्लीलगायतका सहरमा पुगेर साहित्यलगायत महत्वपूर्ण स्थानको जानकारी पनि लिएको भेरी साहित्य समाज केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद रिजालले बताउनुभयो ।
