• २०८२ कार्तिक १२, बुधबार

मदन पुरस्कार तथा जगदम्बाश्री प्रदान

काठमाडौं ।

मदन पुरस्कार गुठीले दुई सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । गुठीले केही समयअघि घोषित २०८१ सालका निम्ति ‘जगदम्बाश्री सम्मान’ नेपाली लोकगायन तथा लोकसंस्कृतिमा समर्पित सर्जक प्रेमदेव गिरीलाई प्रदान गरेको छ ।

यस्तै, ०८१ सालको मदन पुरस्कार ‘उरमाल’ उपन्यासका निम्ति कृतिका लेखक छुदेन काविमोलाई प्रदान गरियो । दुवै सम्मान/पुरस्कारका साथ चार/चार लाख रुपैयाँ नगद राशि समेत प्रदान गरियो । उक्त अवसरमा संस्कृतिविद् प्रा. डा. वीणा पौड्यालले विद्वत् प्रवचन प्रस्तुत गरेकी थिइन् ।

पुरस्कार वितरण कार्यक्रममा पुरस्कृत सर्जक उपन्यासकार काविमो र लोककला सर्जक गिरीले आफ्ना धारणा राखेका थिए ।