• २०८३ बैशाख ११, शुक्रबार

सौन्दर्य

श्याम रिमाल

श्याम रिमाल

दुश्यन्तहरु लोभिएर
राज्य बिर्सन पुग्छन्
र शकुन्तलाहरु परदेशीलाई
जीउ सुम्पन्न बाध्य भई वर्षाैँ परित्यक्त हुन्छन्

सौन्दर्य माथिको अनुराग
त्याग समर्पण हो वा वासना

सिद्धार्थ पनि कुरूप भइदिएका भए
लाखौँ भिक्षुहरू पछि लाग्थे वा लाग्दैन थे


श्याम रिमाल
[email protected]