• २०८२ कार्तिक १४, शुक्रबार

नारायण खतिवडाको ‘खुशी’ सार्वजनिक

काठमाडौँ,।

गीतकार नारायण खतिवडाको शब्द रचना, शिलाबहादुर मोक्तानको संगीत र कुन्ती मोक्तानको स्वर रहेको भजन गीत ‘खुशी’ नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक भएको छ ।

गीतमा मानिसहरू खुशी हुन आफूले आत्मचिन्तन गर्नुपर्ने भाव छ । त्यसको सजिलो बाटो भगवानप्रतिको चिन्तनले सम्भव हुने बताइएको छ तर भगवानप्रति विश्वास नगर्नेले भने आत्मचिन्तनबाटै आन्तरिक खुशी हुन सकिने भाव समेत समेटिएको छ ।

आजभोलिको भागदौड, व्यस्तता तथा भौतिकवादी चिन्तनबाट भौतिक सुख पाए पनि मानिस सुखी र खुशी बन्न सकेको छैन। त्यसका लागि भौतिक सुखका साथै आध्यात्मिक चिन्तन बिचको सन्तुलन हुनुपर्ने गीतको भाव छ ।
उक्त सन्देशमूलक भजनमा अर्जुन कटुवाल र अमिसा खतिवडाको मुख्य अभिनय छ। सन्तोष मगर र ईश्वर राईले गीतको भिडियोको कोरियोग्राफी गरेका हुन् । त्यस्तै सनम तामाङले दृष्य सम्पादन गरेका छन् ।

खतिवडाका सम्झनाका पाइलाहरू, बहार जस्ता गीति पुस्तक, ढुकढुकी एल्बम प्रकाशन भएका छन् भने धेरै गीत र भिडियो पनि आइसकेका छन् । सार्वजनिक भएको भजनको म्युजिक भिडियोमा गीतकार खतिवडा आफैले निर्देशन गरेका छन् ।