• २०८२ आश्विन २६, आईतवार

चलचित्र सोल्टिनीको ‘नौलाख तारा’ सार्वजनिक

काठमाडौँ ।

चलचित्र सोल्टिनीको नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक गरिएको छ। गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर, प्रशान्त सिवाकोटीकै शब्द तथा संगीत छ । गीतको सङ्गीत संयोजन देवेश राईले गरेका हुन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबिचको प्रेम, पारिवारिक तथा सामाजिक अड्चनलाई देखाइएको छ ।
‘सोल्टिनी’लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । प्रकाश सपुत र परीक्षा लिम्बुको अलवा सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय फिल्ममा छ।

धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’कार्यकारी निर्माताका रूपमा संलग्न फिल्म इलाम, कन्याम, बिर्तामोड, पथरी र भोजपुरलगायतका रमणीय स्थलमा छायाङ्कन गरिएको हो ।