• २०८२ मंसिर ७, आईतवार

‘मैझारो’को ‘तिमीलाई के थाहा सानु’ गीत सार्वजनिक

काठमाडौँँ ।

फिल्म ’मैझारो’को गीत ’तिमीलाई के थाहा सानु’ सार्वजनिक गरिएको छ, जसमा धिरज मगर र मिरुना मगरको अभिनय रहेको छ । गीतमा अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर रहेको छ भने शब्द, संगीत र एरेन्ज अनमोल र रिकेश गुरुङले गरेका हुन् । विल्सन विक्रम राई निर्देशित फिल्म कार्तिक ७ गतेबाट अल नेपाल रिलिज हुनेछ, जसमा धेरै कलाकारहरूको अभिनय छ ।

विल्सन विक्रम राई निर्देशित फिल्ममा धिरज, मिरुनाको अलवा दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय छ । ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत दिएका छन् । आरआर फिल्मले वितरण गर्ने फिल्म कार्तिक ७ गतेबाट अल नेपाल रिलिज हुँदै छ ।