• २०८२ कार्तिक १७, सोमबार

मनमोहन थपलियाको ‘पायल’ सार्वजनिक

काठमाडौं ।

नेपाली संगीत क्षेत्रमा अर्को नयाँ गीत ‘पायल’ सार्वजनिक भएको छ। यस गीतलाई गायक मनमोहन थपलियाले स्वर दिनुभएको छ भने शब्द तथा संगीत बिर्भद्र आचार्यको रहेको छ ।

गीतको एरेञ्ज योगेश काजी शाहले गर्नुभएको हो भने मिक्स÷मास्टरिङ मनोज परियारले सम्पन्न गर्नुभएको छ । भिडियोमा मनिषा बस्नेत र सुरेन्द्र दियालीको अभिनय देख्न सकिन्छ । कोरियोग्राफी पनि मनिषा बस्नेतले नै गर्नुभएको छ ।

भिडियोको छायांकन दिपक पराजुलीले गर्नुभएको छ भने असिस्टेन्ट क्यामेरा रामेश पराजुलीको रहेको छ । सम्पादन तथा कलरिङ विकाश धमलाले गर्नुभएको हो ।

निर्देशनमा चर्चित निर्देशक निकेश खड्का रहनुभएको छ । भिडियोमा मेकअप आर्टिस्ट सरिता मगरले गर्नुभएको छ भने लाइटम्यानका रूपमा हर्का पहाडी र तैलान राईले गर्नुभएको छ । प्रोडक्सन म्यानेजर सुदिप ढकाल रहनुभएको छ ।

संगीतप्रेमीलाई लक्षित गर्दै सार्वजनिक गरिएको यो गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।