• २०८२ मंसिर ११, बिहीबार

तोया गुरुङको ‘दिलरुवा’ र ‘निनाद’ बजारमा

काठमाडौं ।

अग्रज कवि तथा साहित्यकार तोया गुरुङका दुई साहित्यिक कृति बजारमा आएका छन् । उनको कविताकृति ‘दिलरुवा’ र आंशिक संस्मरण ‘निनाद’ केही साताको फरकमा पाठकमाझ आएको हो ।

कवि गुरुङका यसअघि कविता, कथा, आवधिक संस्मरण गरेर नौ कृति प्रकाशित छन् । यो दुवै कृति रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।