समाचार

ललितपुर ।
नेपाली कला क्षेत्रमा उदयमान गायिका सृष्टि थापाले भर्खरै मात्र टाढा भएनि भन्ने गीत सार्वजनिक गरेकी छिन् । उनी शास्त्रीय संगीतको सँगसँगै एमबिएका विद्यार्थी पनि हुन् । शास्त्रीय संगीत भने उनले चण्डी काफ्लेबाट सिकेकी हुन् । लमजुङ घर भएकी उनले ३० वटा भन्दा बढी गीत गाइसकेकी छिन् । उनी आफूलाई हरेक खालका गीतहरू गाउन इच्छा राख्छिन् ।
हाल सार्वजनिक गरिएको गीत “टाढा भएनी” सेन्टिमेन्टल गीत रहेको छ। संगीतमा सागर सुनार , रचना भने सागर सुनार र गायिका स्वयंको रहेको छ । सोही म्युजिक भिडियोलाई निर्देशन टेक अछामीले गरेका हुन्, छायाङ्कन भने उमेश शाह र सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।