कविता

उसको एउटा कोमल आँखाको आस
उसको आमाको आँखामा छोरा गुमाउने त्रास
बिहान आमाले बनाएको खाना खाएर गयो
बेलुकी आमाको हातमा लास बनेर आयो
उसको माग थियो भ्रष्टाचारको अन्त्य
तर भ्रष्टाचारीको माग थियो उसको अन्त्य
एउटा उज्ज्वल भविष्यको आस थियो उसको आँखामा
उसलाई के थाहारु ज्यान दिनुपर्छ भनी नेपाल आमाको काखमा
सरकारले उसको आवाज दबाउन खोज्यो
उसले आफ्नो ज्यान फालिदिने विकल्प रोज्यो
जेन(जीले के गर्न सक्छन् भन्थ्यो त्यो सरकार
आफ्नो तागत देखाइदिए जलाएर त्यो सरकारको घरबार
आमाबुवा भन्छन्, दिदी बहिनी भन्छन्
हिजो सम्म गर्थ्यो उसको सानो पाउको पाउजु छनछन
आज उनको आमाबुवाको छोरी खोसियो
छोरीको उज्ज्वल भविष्यको आस मेटियो
एकै दिनमा उन्नाइस जनाको आवाज दबाइयो
तिनका परिवारलाई तिनी बिना बाँच्ने सजाय दिइयो
सरकारले बालकको आवाज दबाए
आमाबुवाले सरकारको पदको कुर्सी जलाए
बिहान झोला बोकेर विद्यालय गएको
बेलुका खबर आयो ऊ शहिद भएको
छ कक्षामा पढ्ने बालकलाई मार्दा हात कामेन
यति धेरै मान्छे मार्दा पनि उसको मन डराएन
के ती दबाइएका आवाजले न्याय पाउलान्रु
के अहिलेका नेताले जनाताको मन जित्लान्रु
नयाँ सरकारले शहिदहरूलाई न्याय दिलाउनै पर्छ
उनीहरूले हाम्रो देश नेपालको मुहार फेर्नु नै पर्छ
बालबालिकाको आवाज दबाएर आफ्नो पद जोगाउन खोजे
त्यस पश्चात जनताले सरकार बदल्न रोजे
विद्यार्थीहरूलाई गरेको वाचा तोडेरै छाडे
पोशाक लगाएका विद्यार्थीलाई गोली हानेरै मारे
कति मान्छौ आफ्नो मात्र परिवारको पिररु
के जनताको परिवार पनि तिम्रो होइन ररु
भ्रष्ट नेता आफ्नो कर्तव्यबाट चुके
जनता राम्रो जिवन पाउनबाट छुटे।
दिव्यता बराल
कक्षाः ८
सेन्ट मेरिज माध्यमिक विद्यालय
उमेरः १३ वर्ष