• २०८२ कार्तिक १३, बिहीबार

विक्रमको ‘मायाँ तिम्रै लाग्छ’ सार्वजनिक

काठमाडौँ ।

सामाजिक सञ्जालमा लागेको प्रतिवन्ध पश्चात सुस्ताएको नेपाली संगित क्षेत्र पुनः चलायमान बन्न थालेको छ । अघिल्लो सरकारले युट्युव, फेसबुक लगाएत सामाजिक सञ्जालमा प्रतिवन्ध लगाएपछि संगितकर्मीहरु गीत सार्वजनिक गर्न अल्मलाएका थिए ।

दाङका विक्रम पोख्रेलको नयाँ गीत सार्वजनिक भएको छ । पोख्रेलद्धारा लिखित ‘तिम्रै मायाँ लाग्छ’बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । शिक्षाण पेशासंगै कला साहित्य प्रतिको अगाध रुची रहेका पोख्रेलको मायाँ प्रेममा आधारित गीत सार्वजनिक भएको हो । उनिद्धारा लिखित यो पहिलो गीत हो ।

गीतमा अहिलेकी चर्चित गायिका अस्तिमा अधिकारीले आवाज दिएकी छिन् भने उनलाई मनोज रावतले आवाजमा साथ दिएका छन् । कमल अधिकारीले संगित गरेको यो गीतमा सुरज तिखतारी कमला विके अभिनयमा देखिएका छन् । ‘शिक्षण पेशामा आवद्ध मेरो रुची कला, साहित्य प्रति पनि उत्तिकै रुची हो,’गीतकार पोख्रेल भन्छन् ‘यसपटक गीतबाट साहित्य लेखनको रुचीलाई प्रस्तुत गर्ने साइत जुराएको छु, मलाई बिश्वास छ आम स्रोता दर्शकहरुको मनमा यो गीत बस्ने छ ।’ गीत मार्फत उनले कसै प्रति गरिने अगाध प्रेमलाई उजागर गर्न खोजेका छन् । ‘कसैले कसैलाई र्ने अगाध प्रेमको भावलाई मैले गीतमा उतार्न खोजेको छु,’ विक्रम भन्छन् ‘समग्रमा यो अटुट अनि प्रगाढ प्रेमको कथा हो ।’