• २०८२ कार्तिक १४, शुक्रबार

‘बाँकेका नारी स्रष्टा र सिर्जना’ कृतिको विमोचन

नेपालगन्ज ।

बाँके जिल्लामा रहेर साहित्य सिर्जनामा क्रियाशील २६ जना नारीस्रष्टाका ५४ वटा कृतिहरूको समालोचना गरिएको ‘बाँकेका नारी स्रष्टा र सिर्जना’ कृतिको नेपालगन्जमा विमोचन गरिएको छ । कल्पना फाउन्डेसन नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत रेग्मीले समालोचक लेकप्रसाद प्याकुरेलको उक्त कृतिको विमोचन गर्नुभयो ।

सो अवसरमा कृतिमा समेटिएका २६ वटै नारी स्रष्टाहरूलाई प्रमुख अतिथि रेग्मी र विशिष्ट अतिथि प्रा. डा. कृष्ण घिमिरेले नारी रत्न सम्मान प्रदान गर्नुभएको थियो । उक्त कृतिको समीक्षा समालोचक डा.पुष्कर रिजालले गर्नुभयो । सोही कार्यक्रममा साहित्यकार समालोचक डा.हरिप्रसाद तिमिल्सिनालाई कल्पना पौडेल जिज्ञासुद्वारा स्थापित मनिकर्ण टीकाराम स्मृति पुरस्कार र साहित्यकार महानन्द ढकाललाई ऋषिराम सापकोटाद्वारा स्थापित देउकला टीकानिधि स्मृति पुरस्कार प्रदान गरियो ।

कार्यक्रममा कृतिकार लेकप्रसाद प्याकुरेल, प्राज्ञ महानन्द ढकाल र शशिराम कार्की, वरिष्ठ साहित्यकार डा.हरि तिमिल्सिना तथा किरण आचार्यले कृतिको ऐतिहासिक र गुणात्मक महत्त्वका बारेमा चर्चा गर्नुभएको थियो । सोही कार्यक्रममा साहित्यकारहरू ईश्वरी रिजाल, चन्द्रावती अधिकारी, चरित्रा शाह, नमिता बराल, नन्दा घिमिरे इन्दिरा गौतमलगायतले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा बाँके, बर्दिया कैलाली र सुर्खेतसम्मका १०० भन्दा बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

कल्पना फाउन्डेसनका अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम बोधराज प्याकुरेलले सञ्चालन गर्नु भएको सो कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष ऋषिराम सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । समारोहमा साहित्यकार डा. ईश्वरमणि अधिकारी र गजलकार दीपक समीपले कृतिको साहित्यिक विश्लेषण प्रस्तुत गर्दै गजलकार अनायासको निरन्तर लेखनयात्राको उच्च प्रशंसा गर्नुभयो। डा. अधिकारीले भन्नुभयो, “गजलकार अनायासले गजलमा नेपाली समाजका वियोग, आशा, प्रेम र विसंगतिलाई कलात्मक ढङ्गले उनेका छन्, जसले नेपाली गजललाई अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउन सक्ने सम्भावना बोकेको छ ।”

त्यस्तै गजलकार दीपक समीपले पुस्तकका गजलहरूको संरचना, छन्द र शिल्पप्रति ध्यानाकर्षण गराउँदै अनायासले समसामयिक सन्दर्भलाई भावपूर्ण तर गहन शैलीमा प्रस्तुत गरेको उल्लेख गर्नुभयो । समारोहमा पोखराका अग्रज साहित्यकारदेखि नवोदित स्रष्टासम्मको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले गजलसङ्ग्रहले नेपाली साहित्यमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्दै लेखकको आगामी सिर्जनशील यात्राको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रम पोखरास्थित ‘रीडर कर्नर्स’मा सम्पन्न भएको हो। विमोचनसँगै पुस्तक पाठकका लागि उपलब्ध हुने आयोजकहरूले जानकारी दिएका छन् ।