• २०८२ आश्विन २२, बुधबार

‘सर्जकसँग सर्जकहरू’ साक्षात्कार कार्यक्रम सम्पन्न

काठमाडौँ ।

हाम्रो लघुकथा केन्द्र वाग्मती प्रदेशले ‘सर्जकसँग सर्जकहरू’ भेटघाट गरेको छ । प्रदेशले लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनलाई उनको निवासमै गएर भेटघाट गरेको छ ।

साक्षात्कार कार्यक्रममा श्रीओम श्रेष्ठलाई सम्मान गरिएको थियो भने लघुकथाबारे विचार विमर्श पनि गरिएको थियो । सो अवसरमा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठले सहभागीहरूका लघुकथा सम्बन्धी जिज्ञासाको जवाफ दिंदै श्रेष्ठले लघुकथा समाज स्थापनाको पृष्ठभूमि र तत्सम्बन्धी गतिविधिहरूको साथै लघुकथाको वर्तमान अवस्थाबारे प्रकाश पारेका थिए ।

उक्त छलफलबाट सदस्यहरूले लाभान्वित भएको अनुभूति गरेका थिए । साथै उनले आफ्ना जीवनका अनुभवहरू पनि साझा गरेका थिए । उक्त कार्यक्रममा स्रष्टाको परिवारका सदस्यका साथै हाम्रो लघुकथा केन्द्र बागमती प्रदेशकी अध्यक्ष इन्दिरा चापागाईं, उपाध्यक्ष ध्रुवराज थापा ’पुरुष’, सचिव मनिषकुमार शर्मा ’समित’, कोषाध्यक्ष मन्दिरा चापागाईं, सदस्यहरू रमेश सुवेदी र शान्ता तिमल्सिनाको उपस्थिति रहेको थियो ।