हिन्दी गज़ल

तिम्रो प्रत्येक वाणी मेरो लागि आशीर्वाद हुन्थ्यो
तिमी जे दिन्थ्यौ त्योनै अमृत र प्रसाद हुन्थ्यो
असीमित कष्ट सहेर मलाई यहाँसम्म ल्याउने
आमा! तिम्रो आँचलबाट ममताको बर्साद हुन्थ्यो ।
अनायासै भेट भएको त्यो बाटोको मोड्नै भुलेँ
यौटा पत्र लेख्न खोजेँ, कागजको तोड्नै भुलेँ
हृदयको कुना–कुनामा खोजिरहेँ तिमीलाई
बोलाउँ भने यतिखेर, तिम्रो पासकोड्नै भुलेँ ।
दुर्जनले कसैको कान भर्छ
सज्जन अरुको सम्मान गर्छ
जुन व्यक्ति परोपकारी छ, उ
यो भवसागर सजिलै तर्छ ।
यहाँ सम्झौता गरेर अपराध लुकाइन्छ
भागबण्डामा मूख्य गाँठो(ग्रन्थि) फुकाइन्छ
यस्तै चलिरहेछ यो देशमा अझै पनि
दुनियाँमा नागरिकको शिर झुकाइन्छ् ।
तीर्थ अधिकारी