• २०८० फागुन ९ बुधबार

देवकोटाको ‘अर्धशतक’ लोकार्पण

काठमाडौँ/२२ चैत २०७८

गीतकार तथा कवि चूड़ामणि देवकोटाको कोरोना कहरलेगर्दा पर सर्दै आएको काव्यकृति ‘अर्धशतक’ को लोकार्पण नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ कक्षमा कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

उक्त लोकार्पण कार्यक्रममा कवि एवं पूर्व मुख्यसचिव विमल कोइराला, कवि तथा गीतकार यादव खरेल र प्रकाश सायमीले शुभकामना मन्तव्य राखेका थिए । प्राध्यापकद्वय महेश प्रसाईं र महेश पौड्यालले विमोचित कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए ।