समाचार

काठमाडौँ, कात्तिक १ ।
दसैँको अवसर पारि प्रवासमा रहेर गीत लेखनमा सक्रीय दीपेन्द्र अधिकारीको शब्दमा ञफर्किन्छु यसपालीझ बोलको गीत डिए क्रियसन युट्युव च्यानलबाट सार्वजनिक भएको छ। सङ्गीतसंयोजकका रूपमा ख्याती प्राप्त साहस शाक्यको सङ्गीत र स्वरमा उक्त गीत तयार गरिएको हो ।
गीतमा गीतकार एउटा परदेशीको रूपमा प्रस्तुत हुँदै आफ्नो बाल्यकाल, गाउँ, परिवेश, बालसखाहरुलाई सम्झिँदै नोस्टाल्जिक टोनमा प्रस्तुत हुनुभएको छ। दीपेन्द्रले कास्की जिल्लाको दक्षिणी भु-भागमा पर्ने आफ्नो जन्मस्थल गैह्री गाउँ, सानो छँदा आफूले पौडिन र माछा मार्न सिकेको सुरौदी खोला र डाँडाबाट देखिने अन्नपूर्ण, माछापुछ्रे र धौलागिरीको मनोरम दृष्यलाई समेत स्मरण गर्नुभएको छ । मैदानको लिङ्गे पिङ्, तिहारको देउसी भैलो, शरद ऋतुमा टलक्क टल्किने हिमालहरु सम्झँदा दीपेन्द्रलाई भर्खरै जहाज चढेर गाउँमा फर्किन मन लाग्छ । गीतकारले जस्तै आफ्नो, जन्मभूमि र प्रकृतिलाई मन र मस्तिष्कमा सजाईरहेका तमाम प्रवासीहरु को कथा व्यथा रहेको यस गीतलाई गायक तथा सङ्गीतकार साहसले पूर्ण न्याय दिने प्रयास गर्नुभएको छ। मूल पेशा सङ्गीतसंयोजन रोजेर लगभग २ दशकदेखि नेपाली गीतसङ्गीत क्षेत्रमा क्रियाशील साहसले कोरोना कहरका समयमा आफनै सङ्गीतमा गाउनुभएको ञमेरो विश्व मेरो घरझ बोलको गीत निकै चर्चामा थियो ।
प्रकृतिसँग अति रमाउन खोज्ने दीपेन्द्रले यस अगाडि पनि जीवनको रेल, मनमोहक पोखरा, चुलबूल चुलबूल प्यारी भाञ्जी, नेपालकी छोरी सहित आधा दर्जनको सङ्ख्यमा गीत बजारमा ल्याईसक्नुभएको छ।