• २०८१ माघ २७ आइतबार

’देवरात’ महाकाव्य लोकार्पण

काठमाडौँ ।

काठमनडौँमा आयोजित एक कार्यक्रममा साहित्यकार शशिराम कार्कीको ‘देवरात’ लोकार्पण गरिएको छ । पूर्वीय महाकाव्य लेखन परम्परालाई अंगालेर लेखिएको यो महाकाव्यलाई नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य मधुसुदून गिरीलगायतले लोकार्पण गर्नुभएको थियो ।

महाकाव्यमा वैदिककालीन देवता, ऋषि लगायतलाई मानवीकरण गरिएको छ । विमोचनको क्रममा गिरीले महाकाव्य वस्तुपरक ढंगले लेखिनुका साथै प्रवाहमय रहेको बताए । देवतालाई दैविकरण गर्ने परम्परा मानवीय धरातलमा उतारेर सृजना गर्नु सुन्दर पक्ष भएको उनले बताए ।

महाकाव्य तीन हजार स्लोकमा समेटिनुका साथै लयात्मक भाषामा छ । साथै महाकाव्य संरचना पूर्वीय र विचार पाश्चात्य संयोजन गरी वृहद आख्यान शास्त्रीय ढंगबाट व्याख्या गरिएको छ । विमोचनको क्रममा कवि विमला तुम्खेवाले महाकाव्यमा वैदिककालमा महिलाले भोगेका पीडाको अवस्थालाई जीवन्त ढंगले प्रस्तुत गरिएको बताउनु भयो ।

अर्का वक्ता तेजविलाश अधिकारीले प्रविधिले ल्याएको ज्ञानको विष्फोटलाई महाकाव्यमा छन्द खेलाएर पूर्वीय र पाश्चात्य महाकाव्यमा प्रवेश गरी शास्त्रीय ढंगबाट प्रस्तुत गरिएको बताए । यो पुस्तक इन्डिगो इङ्कले प्रकाशनले प्रकाशन गरेको हो ।