• २०८० मंसिर २० बुधबार

कसरी मनाउनु दशैँ

गजेन्द्र मोक्तान

गजेन्द्र मोक्तान

बालक छँदा जतिहुन्थेँ खुशी
अहिले समयले फेर्यो पुरै कोल्टे
आजभोलि अचम्मका पलहरू
सम्झिदै छु अतित

गर्दै छु तुलना वर्तमानसँग
कम भए जस्तो हर्ष र उमंग
आए पनि चाड पर्व
जब उमेरले छुन्छ चुचुरो
तब मनमा बज्छ ढ्याङ्ग्रो

तर
चाल्नुछ बाध्यताका पाइलाहरू
यसरी, त्यसरी वा जसरी
नजिकिँदै छ दशैंँ
कतिलाई होला रमाइलो
कतिलाई होला पीडा वोध
खाएको छ सर्लक्कै कोरोनाले
गुमाएका छन् धेरैले आफन्त
धेरैले स्वदेशमा गुमाए
थोरैले विदेशमा
यस्तो परिस्थितीमा
कसरी मनाउनु बडा दशैँ ?


गजेन्द्र मोक्तान, फालेलुङ् –१ पाँचथर !
[email protected]