• २०८१ फागुन ३ शनिवार

जया ओझाको उपन्यास ‘रुमानी’ सार्वजनिक

काठमाडौँमा आयोजित एक कार्यक्रममा उपन्यासकार जया ओझाको तेस्रो उपन्यास ‘रुमानी’को लोकार्पण सम्पन्न गरिएको छ । उक्त कार्यक्रमका अध्यक्ष भुवनहरि सिग्देल, डा. अशोक थापा, माल्विका सुब्बा तथा लेखिका स्वयम्ले संयुक्तरूपमा उपन्यासको लोकार्पण गरेका थिए ।

उपन्यासमाथि डा. अशोक थापा, माल्विका सुब्बा तथा लेखिका स्वयमल आ–आफ्ना धारणा राखेका थिए । जयाका यसअघि ‘आवरण’ र ‘अनुराग’ २ उपन्यास प्रकाशित भैसकेका छन् ।