• २०८२ भाद्र २७, शुक्रबार

नारी स्रष्टा समाजद्वारा पाँच स्रष्टा पुरस्कृत हुँदै

काठमाडौँ ।

नारी स्रष्टा समाज विराटनगरले पाँच स्रष्टालाई पुरस्कार अर्पिने भएको छ । समाजले नारी स्रष्टा दिवस २०८२ को अवसरमा मंसिर १ गते उक्त पुरस्कार अर्पिने घोषणा गरेको छ ।

मोहन लता स्रष्टा सम्मान २०८२ बाट साहित्यकार विश्वविमोहन श्रेष्ठ, कविराज कौशिला पोखरेल स्रष्टा सम्मान २०८२ बाट साहित्यकार प्रमोद प्रधान र भीमलाल यसोदा लम्साल स्रष्टा सम्मान २०८२ बाट साहित्यकार शंकर खरेललाई अर्पिने निर्णय भएको छ ।

त्यस्तै पारस काफ्ले स्रष्टा सम्मान २०८२ बाट साहित्यकार राजेन्द्र सलभ र कालीगंगा बालस्रष्टा सम्मान २०८२ बाट मोक्षदा दाहाललाई अर्पिने भएको समाजका अध्यक्ष ममता मृदुलले बताइन् ।