कथा

काठमाडौं ।
यस वर्ष (२०८२) को बीपी साहित्य सम्मान÷पुरस्कार वरिष्ठ साहित्यकार डा. बेन्जु शर्मा (काठमाडौं)लाई प्रदान गरिने भएको छ । बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बीपी जन्मजयन्तीको अवसरमा उक्त पुरस्कार प्रदान गर्दै आइरहेको छ । पुरस्कारको राशी नगद एक लाख एक हजार तथा सम्मान पत्र रहेको छ ।
त्यस्तै, ट्रष्टले बीपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान अर्जुन खड्का (उदयपुर)लाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशी नगद ५१ हजार तथा सम्मान पत्र रहेको छ । दुवै सम्मान पुरस्कारहरू राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा यही भदौ २४ गते राष्ट्रपति कार्यालय, शितलनिवासमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने छ ।