• २०८२ भाद्र ३१, मंगलवार

‘निर्भय नालापानीको कथा’ किशोर उपन्यास बजारमा

काठमाडौँ ।

केही समय यता लेखनमा सक्रिय रोशन पोखरेलको किशोर उपन्यास ‘निर्भय नालापानीको कथा’ बजारमा आएको छ । उक्त उपन्यास काठमाडौं पब्लिकेशनले प्रकाशनमा ल्याएको हो ।

उक्त किशोर उपन्यासमा नालापानी युद्धको ऐतिहासिक विषयवस्तु समेटिएको छ । नयाँ पिढीलाई आफ्नो गौरवको इतिहाससँग परिचित गराउने पुस्तकको उद्देश्य छ । छरितो आकारमा आकर्षक चित्रहरूले सजिएको यो पुस्तक पठनीय बनेको छ ।