• २०८२ भाद्र ३१, मंगलवार

“हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र कल्याणतर्फको यात्रा’’ विषयक विचारगोष्ठी सम्पन्न

काठमाडौँ

नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा “हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र कल्याणतर्फको यात्रा’’ विषयक विचारगोष्ठीको आयोजना भएको थियो ।

प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले स्वास्थ्य भनेको मानव विकास सूचाङ्कको महत्त्वपूर्ण कुरा हो । स्वास्थ्यलाई हेर्ने मानव दृष्टिकोण र मानिसको स्वास्थ्यमा खेलवाड धेरै भएको छ ।यसबारे नियमनकारी निकायले सचेतना फैल्याउँदै नियन्त्रण गर्नु जरुरी छ।अहिले अनियन्त्रित सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले ’जेन–जी’ पुस्ता मानसिक रूपले अस्वस्थ हुँदै गयो भन्ने चिन्ता र चासो बढिरहेको छ ।यस्तो अस्वस्थ जीवनशैलीलाई स्वस्थ राख्न सचेतना अभियान जरुरी रहेको बताउनुभएको थियोे।

कार्यक्रममा डा.चिन्तामणि गौतमले ’’Empower Your Health: Through  Yoga and Mindful Living“, डा.कल्पना तिवारीले “ Healthy food for healthy life“ र इन्जिनियर करुणा अमात्यले “Stress Management for Transforming Our Lifestyle“का बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।कार्यक्रमका सहभागीहरूबिच उक्त विषयमा विमर्श समेत भएको थियोे ।

नेपाल विद्यावारिधि सङ्घका अध्यक्ष डा. सुनिलबाबु श्रेष्ठले कार्यक्रमको ओैचित्यसहित स्वागत मनतव्य राख्नुभएको थियोे ।कार्यक्रममा डा.माला कुँवर खरेलले धन्यवाद ज्ञापन र उद्घोषण सङ्घका महासचिव डा.सुन्दरी पोखरेलले गर्नुभएको थियोे ।