• २०८२ भाद्र २८, शनिबार

मृत्यु-शैया

कात्यायन

कात्यायन

सबैभन्दा
शान्त शैया हो
मृत्यु- शैया !
र, सजिलो शासन गर्न पनि !
न सुन्न पर्ने
न देख्न पर्ने
न बोल्न पर्ने
न जिम्मेवारी नै !
आफन्त आउने छन्
झुक्ने छन्
शत्रु आउने छन्
निहुरिने छन्
कपट क्षम्य हुने
कपट सुन्न नपर्ने
कपट सहन नपर्ने
यस्तै शैयाबाट
म राज्य हाक्ने छु !
संसार कब्जा गर्ने छु !
ल बोल त केही तिमी रु
दुत्कारिने छौ !
किनकि म मृत्यु- शैयामा छु !
म नै अनन्त-सत्य हूँ !
अपराजीत !
कसैले
मेरो यो मृत्यु-शैयाको राज
कब्जा गर्न सक्ने छैनन् !
किनकि,
कसैले मलाई ब्युँताउन
मृत-सन्जीवनी बुटी
ल्याउन सक्ने छैनन् !
बस्, ल्याउनेछन् स्वर्णिम-जल !
ग्रहण गरिरहने छु !
लाचार छौ तिमीहरू !
पुज मलाई !
म मरेको छु !
मृत्यु(शैयाबाट नै
कम्पन ल्याइदिने छु !


कात्यायन
चाबहिल, काठमाडौं – ७