• २०८२ आश्विन २, बिहीबार

द्वारिका नेपाल स्मृति गजल पुरस्कारद्वारा आचार्य सम्मानित

भरतपुर ।

द्वारिका नेपाल स्मृति गजल पुरस्कार– २०८२ द्वारा युवा गजलकार राजु आचार्य दीप सम्मानित भएका छन् । गजल मञ्च चितवनले शनिबार भरतपुरमा मोती जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा आचार्यलाई २५ हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । वरिष्ठ साहित्यकार केशवराज आमोदी, स्वर्गीय नेपालकी धर्मपत्नी पार्वती अर्याल नेपाललगायतले आचार्यलाई पुरस्कार प्रदान गरेका थिए । गजल मञ्च चितवनका पूर्व अध्यक्ष स्व. द्वारिका नेपालको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो ।

विशेषगरी गजल विधामा निरन्तर साधनारत चितवन तथा आसपासका युवा स्रष्टालाई यो पुरस्कार हरेक वर्ष प्रदान गर्दै आइरहेको मञ्च अध्यक्ष रामकृष्ण अनायासले जानकारी दिए । २०७९ सालबाट प्रदान गर्न थालिएको उक्त पुरस्कार पहिलोपटक गजलकार मुक्त उदासलाई प्रदान गरिएको थियो । यसैगरी २०८० सालमा गजलकार कमल अर्याल र २०८१ सालमा गजलकार विनोद अनुजलाई प्रदान गरिएको थियो । पुरस्कारका संरक्षक भरतपुर डिला खरेल हुन् । हाल उनी अस्ट्रेलियामा रहदै आएका छन् ।

गजल साहित्यमा विशिष्ट योगदान पु¥याउँदै आएका साहित्यकार आचार्य ‘दीप’ हाल माडी–६, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्यापन गर्छन् । प्रलेस, माडी साहित्य परिवारलगायतका संस्थाहरूमा सम्लग्न उनले केही वर्ष अगाडि रेडियो माडीमा साहित्यिक कार्यक्रम सञ्चालन गर्दथे ।