• २०८२ आश्विन २, बिहीबार

मोतीराम भट्टको १६०औँ जन्मजयन्ती मनाइयो

काठमाडौं ।

काठमाडौं विश्वविद्यालयअन्तर्गतको कलासंकाय विभागले नेपाली साहित्यका बहुमुखी प्रतिभा मोतीराम भट्टको १६०औँ जन्मजयन्ती समारोह सम्पन्न गरेको छ । कार्यक्रममा प्रा.डा. नवराज कट्टेलले कवि तथा गजलकार मोतीराम भट्टको व्यक्तित्वको चर्चा गर्दै भट्टको साहित्यिक योगदान र त्यसको महत्वबारेमा बोलेका थिए । उनले आजका युवा कविहरूलाई मोतीरामबाट प्रेरणा लिन पनि आग्रह गरे ।

प्रा. डा. देवी नेपालले मोतीराम भट्ट कवि, गजलकार, समालोचक, अनुसन्धानकर्ता, नाट्य निर्देशक, वाद्यवादकलगायत बहुआयामिक व्यक्तित्वबारे विस्तृत प्रस्तुति दिए । उक्त अवसरमा कविहरू प्रभा भट्टराई, डा. काशीराज पाण्डे, सविता बराल, सदासय गौतम, देवु लुइँटेल, उत्तमविचार भेटवाल, कल्पना काफ्ले, विमर्श दाहाल, प्रा.डा. रामचन्द्र पौडेल, सचिदानन्द घिमिरे, असीम सागर, रसिकराज र संगीता थापाले कविता र गजल वाचन गरे ।