• २०८२ भाद्र ४, बुधबार

तिमीसँगै यो जुनी’ सार्वजनिक

काठमाडौँ ।

गायक शुभजय चाम्लिङ राईको ‘तिमीसँगै यो जुनी’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । जीता रमिता राईको उक्त गीतमा गजेन्द्र राईले मीठो संगीत भरेका छन् ।

गीतमा प्रेमिल भाव सुन्दर रूपमा प्रस्तुत गरिएको छ । सुशीला श्रेष्ठ, राज रुम्बा, अनुपा बुढाथोकी र देवराज लामिछानेको सुन्दर अभिनय र जीवन्त प्राकृतिक दृश्यले गीतको म्यूजिक भिडियो उत्कृत बनेको छ । विनोद किरातीको क्यामेरा कला रहेको गीत टुकी बत्तीबाट हेर्न सकिन्छ ।