• २०८१ पौष २८ आइतबार

खगप्रसाद नेपालको पुस्तक स्मृतिका छालहरू सार्वजनिक

साहित्यकार तथा नेपाल सरकारका पूर्व प्रशासक खगप्रसाद नेपालद्वारा लिखित आत्मवृतान्त स्मृतिका छालहरूमा आज एक विशेष समारोका बीच सार्वजनिक गरियो । खगप्रसाद नेपाल तथा उनकी धर्मपत्नी पार्वती नेपालको वैवाहिक जीवनको ५० औँ वार्षिकोत्सव अर्थात् दाम्पत्य जीवनको स्वर्ण महोत्सवका अवसर पारेर आयोजना गरिएको कार्यक्रममा लेखकका नातीहरू डा. मानस जोशी,आर्यद् दाहाल तथा अनिशेष दाहालले सामूहिक रूपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा अन्य साहित्यकारहरू विमल कोइराला, तुलसी भट्टराई, युवराज मैनाली, प्रतीक ढकाल, महेश प्रसाई, विनोद नेपाल, जयमुकुन्द खनाल, उत्तम पन्त तथा सुभाषचन्द्र पौडेल भीमफेदीयासमेतको उपस्थिति रहेको थियो भने नेपाल सरकारका पूर्व कर्मचारीहरू लगायत परिवारजनका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो । पुस्तक सार्वजनिक कार्यक्रमको सञ्चालन गायक तथा सङ्गीतकार नरहरि प्रेमीले गरेका थिए ।