कविता

काठमाडौं ।
साहित्यकार सूर्यप्रसाद लाकोजूको व्यक्तित्व र कृतित्व समेटिएको पुस्तक ‘आलोकमय सूर्य’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । पुस्तक संस्कृतिविद् हरिराम जोशी लगायतले विमोचन गरे ।
पनौतीमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जोशीले साहित्यकार लाकोजूलाई साहित्यिक ‘सूर्य’ भएको चर्चा गर्दै मातृभूमिप्रति उनले गरेको कर्म अतुलनीय रहेको बताए । समालोचक प्रा. डा. गोविन्दराज भट्टराई र ज्ञानु अधिकारीले सार्वजनिक कृतिको समीक्षात्मक टिप्पणी गरे ।