काठमाडौँ
चलचित्र विकास बोर्डले ७६ वर्षीया अभिनेत्री चैत्यदेवी सिंहलाई दीर्घसाधना सम्मान प्रदान गरेको छ । बोर्डले बुधबार आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नगद ३ लाख ७५ हजार रुपैयाँसहित सम्मान गरेका हुन् । सिंहले नेपालमा बनेको पहिलो फिल्म आमाबाट अभिनय थालेकी थिइन् ।
राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा तीन मुख्य विषयमा पुरस्कार तथा सम्मान वितरण गरिएको हो । फिल्म क्षेत्रमा अतुलनीय योगदान र्पुयाएकामा विशेष सम्मान र विधागतमा पुरस्कार तथा सम्मान वितरण गरिएको हो ।विशेष योगदान सम्मान प्राविधिक स्वर्गीय सुरेन्द्रमान श्रेष्ठलाई दिइएको छ । फिल्मको रिल र्पुयाउने क्रममा सडक दुर्घटनामा परी २०६१ मा निधन भएका श्रेष्ठलाई नगद ५० हजारसहित सम्मान गरिएको हो । उनकी पत्नी अनिता तुलाधरले यो सम्मान उचालेकी हुन् ।
विशेष सम्मान हास्य अभिनेता तैयर शाह, फिल्म प्रदर्शक केशवप्रसाद रायमाझी, अभिनेत्री विद्या कार्की, द्वन्द्व निर्देशक नारायण प्रधान, निर्माता नरेन्द्र महर्जन, नन्दकिशोरप्रसाद श्रीवास्तव, भोजबहादुर गुरुङ, संगीत संयोजक अमुल कार्की ढली, चलचित्र प्रदर्शक ध्रुवकुमार श्रेष्ठ, कलाकार बुद्धि तामाङ, अभिनेत्री सविता गुरुङलाई प्रदान गरियो ।
विशेष चलचित्र पुरस्कार २०८० बाट भने लक्ष्मण सुवेदीद्वारा निर्मित सतीदेवी लिम्बू भाषामा बनेको सुगुपु, गुरुङ भाषाको मार्कलीले थाप्यो । राष्ट्रिय चलचित्र पुरस्कार १० विधालाई प्रदान गरिएको छ । विधागत रुपमा वितरण गरिएको यो विधामा सम्मानित हुनेहरूलाई नगद २५ हजारसहित ट्रफी प्रदान गरिएको थियो । त्चष्दगतभ तय ऋजबष्तथबमभखष् क्ष्लनज
उत्कृष्ट लेखन र कथा र पटकथाको पुरस्कार बुलाकीले उचाल्यो । उत्कृष्ट छायांकनको पुरस्कार पनि यही फिल्मले पायो । उत्कृष्ट सम्पादनको पुरस्कार महाजात्राका मित्र डी. गुरुङले प्राप्त गरे । उत्कृष्ट अभिनेत्रीतर्फ दिमाग खराबबाट स्वस्तिमा खड्काले अवार्ड उचाल्दा उत्कृष्ट अभिनेताको अवार्ड विपिन कार्कीले उचाले । उत्कृष्ट निर्देशक भने दिमाग खराबबाट निश्चल बस्नेत घोषित भए ।
लक्ष्मण सुनारद्वारा निर्देशित बुलाकीले भने उत्कृष्ट फिल्मको अवार्ड पायो । आदिवासी जनजाति मातृभाषीतर्फ उत्कृष्ट फिल्मको सम्मान लिम्बू भाषामा बनेको लोजिमाले जित्यो । निर्णायक समिति प्रोत्साहन पुरस्कारतर्फ टुल्कीबाट स्वस्तिमा कार्कीले पुरस्कार जितिन् । निर्णायक समिति प्रोत्साहन पुरस्कार रामबाबु गुरुङले जारीबाट थापे । पुरस्कार तथा सम्मान कार्यक्रमको निर्णायक समितिमा बद्री अधिकारी, रविचन्द्र अधिकारी, सुशील पोख्रेल, सोमप्रसाद खतिवडा, गौरीशंकर ध्वजु, सबनम मुखिया, गीता पाण्डे बस्नेत थिए ।
राष्ट्रपति पौडेलले नायकत्व भन्दा चरित्रप्रधान फिल्मलाई नेपाली दर्शकले मन पराउन थालेको हुँदा गाउँरसमाजमा देखिएका कथामाथि मौलिक फिल्म बनाउँदै नेपाली संस्कृतिलाई जोगाउनुपर्ने बताए । साथै, फिल्ममार्फत पर्यटनको प्रवद्र्धनतर्फ पनि ध्यान दिनुपर्ने बताए । कार्यक्रममा राष्ट्रपति पौडेलसहित चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल, संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बालगायत फिल्म निर्देशक, निर्माता, कलाकार तथा सरोकारवालाहरुको उपस्थिति थियो ।