यामआयाम

काठमाडौँ ।
गायिका कोमल ओलीको नयाँ तीज गीत ’बिन्ती गर्न जाम’ सार्वजनिक भएको छ । गीत लोकराज अधिकारीका शब्द र विपिन घिमिरेको सङ्गीतमा तयार पारिएको छ ।
भिडियो अमेरिकाको टेक्ससमा छायाङ्कन गरिएको छ, जसमा विभिन्न कलाकारको अभिनय रहेको छ ।
गोहन आलेको छायाङ्कन रहेको भिडियोमा दिक्षा भट्टको कोरियोग्राफी छ। भिडियोमा कामना खरेल ,स्नेहा भुसाल , कविता अर्याल ,संयोना थापा ,सलोनी महर्जन, सरु खरेल पन्त ,लक्ष्मी न्यौपाने लगायतको अभिनय छ भिडियोको सम्पादन नीराजन केसीले हुन् ।