मेरो रहरको डिएनए
र तिम्रो लक्ष्यको खाका
समानन्तर रेखामा दगुरी रहेको बेला
यो नठान्नु कि
हामी समयसंगै बोल्ड भयौँ
हो म मान्छु
हाम्रो सम्बादको पिच
समय मात्र लिने खालको थियो
तर हामी सित
खुसीका एक एक रन बटुल्ने
अवरोधका गुग्लिहरु परास्त गर्ने
सहकार्यका तेजीला बलर पनि त थिए
प्रेमको क्रोमोजन
कसैको क्रोधले नष्ट हुदैन
निष्ठा !
किनकी पहेला पातहरु
खसी सके पछि न
हरेक बिरुवाहरु हरिया भएका हुन् ।
मलाई थाहा छैन
यो भौतिक शरीर कहिँ कतै
उपस्थितिको हकदार बन्छ कि बन्दैन
तर झरीको प्रत्येक थोपा झैँ कन्चन
कविताका उर्बर हरफ झँ अर्थपूर्ण
र पृथ्वीको सारा वैभवभन्दा प्यारी छौ
तिमी मेरो लागि ।
विवेक दुलाल क्षेत्री ‘दमक’
दमकबजार, झापा, हाल (अबुधाबी, युएइ)