समाचार

काठमाडौँ ।
चर्चित गायिकाद्वय समीक्षा अधिकारी र रचना रिमालको स्वर रहेको नयाँ गीत ‘आयो तीज’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा सुष्मा महराको शब्द रहेको छ ।मौलिक शब्दहरू समेटिएको गीत लोक रोमान्टिक शैलीमा तयार छ । छमछम नचाउने खालको बनेको गीतमा पुरुषोत्तम न्यौपानेको सङ्गीत छ । गीतको एरेन्ज केशव बाबुले गरेका हुन् ।
गीतको आकर्षक भिडियो समेत निर्माण भएको छ । भिडियोमा गीतकार महरा र प्यारीको अभिनय छ । थुप्रै कोरस समेत प्रयोग भएको भिडियाको निर्देशन शक्ति प्रज्वोल घिमिरेले गरेका हुन् । भिडियोमा चक्र बहादुर बरालको छायाङ्कन र सतीश श्रेष्ठको सम्पादन रहेको छ । भिडियोको कोरियोग्राफी रोहिया महर्जनले गरेकी हुन् । फेसियल हाउसले निर्माण गरेको भिडियो म्युजिक नेपालको अफिसिय युट्युब च्यालबाट सार्वजनिक गरिएको छ ।
कार्यक्रममा गीतकार महरलाले गीतका शब्द केबल शब्द मात्र नभएर आफ्नो जीवन भएको बताइन् । उनले आफ्नो जीवनका विगत गीतको शब्द मार्फत उतारेकोले गीत तथा भिडियो हेर्नेले आफ्नो जीवन छर्लङ बुझ्ने बताइन् । महराको यो दोस्रो तीज गीत हो । महराले पहिलो गीत झैँ यो गीतमा पनि दर्शकले धेरै माया दिने धारणा राखिन् ।
संगीतकार न्यौपानेले गीतका शब्द मौलिक र मार्मिक भएकोले आफूले मर्म नमर्ने गरेर रोमान्टिक शैलीका गीतमा तयार पारेको बताउँदा भिडियो निर्देशक घिमिरेले घिमिरेले गीत मौलिक भएकाले आफूले नेपाली कलासंस्कृति झल्कने गरेर भिडियो निर्माण गरेको बताए ।