• २०८२ आश्विन ३०, बिहीबार

हास्यकर्मी सम्मानित तथा पुरस्कृत हुँदै

काठमाडौं ।

फित्कौली अनलाइन मिडिया तथा फित्कौली डटकमले हास्यव्यङ्ग्य लेखक मुकुन्द आचार्यलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान २०८२’ र हास्यव्यङ्ग्य सर्जक डम्बर घिमिरेलाई ‘श्रीप्रशन्नमूर्ति फित्कौली सम्मान २०८२’ प्रदान गर्ने निर्णय गरेको छ ।

फित्कौलीका सञ्चालक नरनाथ लुइँटेलले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८२ सालका लागि ‘गोविन्द–विजया–फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य प्रतिभा पुरस्कार’ माणिकरत्न शाक्यलाई, ‘फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य निबन्ध पुरस्कार’ शेषराज भट्टराईलाई, ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार’ छन्दका व्यङ्ग्यकवि डिल्लीप्रसाद मूलतिहुुनलाई र ‘मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुुढ्यौली साहित्य पुरस्कार’ कविराज घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

हास्यव्यंग्यकार आचार्यलाई सम्मानका साथ नगद राशि २० हजार १०५ रुपैयाँ र पुरस्कृत सर्जकहरू शाक्य, भट्टराई, मूलतिहुन र घिमिरेलाई जनही नगद राशि १५ हजार १०५ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । फित्कौलीले यसअघि हास्यव्यङ्ग्यकार चोलेश्वर शर्मा, आर.सी रिजाल, गायत्री लम्साल, महेश थापा, काशीनाथ मिश्रित, खगेन्द्र नेउपाने, सुभाषचन्द्र देवकोटा, देवीप्रसाद चापागाईं, रामशरण न्यौपाने, दीनानाथ पोखरेल र राजेश मानन्धरलाई सम्मानित गरिसकेको छ ।


कहाँ समझ पाए हो तुम

आमाको मन

मेरो देश

हे ! हवा जरा ठहर