कविता

फेडोल साहित्य प्रतिष्ठानले साहित्यका विविध विधामा कलम चलाउँदै आएका पाँच स्रष्टालाई सम्मान गर्ने भएको छ। प्रतिष्ठानको हालै बसेको कार्य समितिको बैठकले सो निर्णय गरेको हो ।
प्रतिष्ठानले जनाए अनुसार फेडोल २०७६ सालको फेडोल उत्कृष्ट सिर्जना सम्मान ‘मित्रताको आकाश’ कवितासंग्रह का लागि कवि मातृका पोखरेललाई, २०७७ सालका लागि ‘नियात्रा विधाः परिचय’का लागि जय छाङ्छालाई र २०७८ सालको ‘अब उप्रान्त’ कथासंग्रहका लागि नवराज रिजाललाई प्रदान गरिने भएको छ। त्यसैगरी २०७९ सालको फेडोल उत्कृष्ट सिर्जना सम्मानमा आख्यानतर्फ‘रित्तो रथ’ कथासंग्रहका लागि कथाकार रत्न प्रजापतिलाई र ‘श्रीधरा’ महाकाव्यका लागि गणेश घिमिरे मार्मिकलाई प्रदान गरिने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष राममणि ढुंगेलले विश्वव्यापी महामारी कोभिडका कारण केही समयदेखि रोकिएको फेडोल उत्कृष्ट सिर्जना सम्मान चाँडै प्रदान गर्ने बताए ।