प्यालेस्टाइनको कविता

तिमीसँग कति लडुँ ?
आफूलाई बनाउँछु बरू
किन गर्नु बर्बाद तिमीलाई
ए ठक्कर दिने ढुङ्गा
चढाउँछु फूलका थुँगा,
दिएर धन्यवाद तिमीलाई
धेरै धेरै धन्यवाद तिमीलाई !!
तिमीले दियौ चोट म सहन सिकेँ
हाँस्न सिकेँ, आँसुसँग बग्न सिकेँ
तिमी नबोल्दा आमाले ब्रत गरेझैँ
आशाहरू बोकी भोको बस्न सिकेँ
बनेर म प्रेमको जोगी
पठाउथेँ देउता ढोगी
प्रेमको प्रसाद तिमीलाई
ए ठक्कर दिने ढुङ्गा
चढाउँछु फूलका थुँगा,
दिएर धन्यवाद तिमीलाई
धेरै धेरै धन्यवाद तिमीलाई !!
कुनै मोडमा भेट्दा मुस्कुराई दिनु
यादहरू जलाउन एउटा सलाई दिनु
एका देशमा एक राजा र रानी थिए
आफ्ना नानीलाई कथा सुनाई दिनु
वियोगमा म कवि बनुँ
मनको ठूलो धनि बनुँ
मुटुभरिको याद तिमीलाई
ए ठक्कर दिने ढुङ्गा
चढाउँछु फूलका थुँगा,
दिएर धन्यवाद तिमीलाई
धेरै धेरै धन्यवाद तिमीलाई !!
विद्यानन्द बेदर्दी
अग्नीसाईर कृष्णसवरण – ४ , सप्तरी