मुक्तक

युवा उ
म यौवनको टुप्पोमा चड्न लाग्दा
भन्यो-
म तिमीलाई माया गर्छुू
पहिले भनेको थियो-
मन पराउछु
थप्यो-
फक्रिएको तिम्रो जवानी म सम्हाल्छु
खुब गर्यो बखान-
के के
चन्द्र चांदनी !
चखेवा चकोर
रोमियो-जुलिएट
कता !
समर्पण एकात्मक-
म त्यसै त्यसै पग्लिएं
लठ्ठ !
उसको कथन उन्माद
के म बनिनं र मत्त !
त्यो त न भनुं उन्मत्त !!
अनि
आकाशमा चम्क्यो विजुली !
गढ्याङ्ग गुडुङ्ग-
समुद्रमा डुबुल्की तल माथि
आकाश उडान त्यो बादल लुकामारी
अहा !
स्वर्ग त्यो
संसार कता ?
संसार उ संङ्ग म
म म म
उ उ उ
उ र म
हामी बस् हामी
न सोध त्यस संङ्ग भो के
पछि पनि भयो के ?
भएन पो के ?
मैले सोचें- ब्रह्मानन्द यो
अमूर्त शब्दको मूर्तता !
मेरो ठम्याइ-
जीवन
संझिन्ं जोवन त्यो
रित्याएं
आफुलाई अनन्तमा !
के शून्य त्यो
तद्वा त्यो पूर्ण !
अहिले निर्विकार शान्त !
बन्धु कोइराला