• २०८२ आश्विन २८, मंगलवार

त्यो प्रेम नै हो…

नीता गुरूङ्ग भाटिया

नीता गुरूङ्ग भाटिया

जहाँ प्रेम हुन्छ
त्यहाँ नै सुन्दर
जीवनकै सागर बग्छ
ईश्वरको बास पनि
त्यही नै हुन्छ ।

आफन्त संग मात्र होइन
पराया संग पनि
अटूट र प्रगाढ सम्बन्थ
जोडिँदै जान्छ।
हो !यो प्रेम नै हो,
जसको कल्पना मात्रले
मन प्रफुल्लित भई आउँछ ।

प्रेम विहिन मानव
नीरस , निर्जीव समान हुन्छ
प्रेम नै हो जसले
नीरसता जीवनमा
मीठो रसको संचार गर्छ
निर्जीव प्राणीमा
प्राणको संचार गर्छ।

प्रेम नै हौ ,जसले
बिर्सेकोलाई पनि
सम्झनामा ल्याउँछ ।

मनुष्य जीवनमा
प्रेम ईश्वरको मनोरम
देन हो
यो बिनाको जीवन
मृत्यु समान हुन्छ
प्रेम नै राधा हो
प्रेम नै किशन हो ।।
🌹🌹🌹


नीता गुरूङ्ग भाटिया
असम, भारत