• २०८२ आश्विन २६, आईतवार

स्वप्नबीज

मिलन बोहोरा

मिलन बोहोरा


मेरा
सपना
कहाँ रोपुँ
भेटिन ठाउँ
कहाँ उम्रिएलान्
झाँगिएलान् सजिलै
लटरम्म फल्लान् तृप्ति
मेट्लान् रहरका तिर्सना
हुने छैन मृत्यु अनुतापी
भनिदेऊ न शुभाकाङ्क्षी
भौँतारी रहेको छु म
स्वप्नबीज बोकेर
कुहिनु अघि नै
रोप्नु छ मैले
उमार्नु छ
सप्नको
बीज
त्यो ।


मिलन बोहोरा