समाचार
 
								 
							काठमाडौँ ।
गायक तथा संगीतकार हिरन थापाले मौलिक तीज गीत ‘बरिलै’ ल्याएका छन् । गीत लक्ष्मण भण्डारी नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । लोकशैलीमा आधारित गीतमा सपना परियार, सिपी मगर, टिका राना मगर, रिमा सुनार र हिरन थापाको आवाज छ । स्वयम् थापाकै शब्द र संगीतमा तयार गरिएको तीज गीतमा माइती जान नपाएको पीडा, बहुविवाहपछि परेको समस्या, विवाहपछि छोरी पाएको दुःखलगायतलाई देखाइएको छ ।
गोविन्द अनेकले एरेन्ज गरेका गीतको भिडियो प्रकाश खड्काले छायांकन गरेका हुन् । भिडियोलाई लक्ष्मण भण्डारीले निर्देशन गरेका छन् । भिडियोमा थापासहित बबिता श्रेष्ठ, जुनु एसडी, साजु राई र रोश्मी तामाङको अभिनय रहेको छ ।
थापाको लाहुरे, लेखान्त, हे कान्छी, उडी उडी चुप्पा, लोभी नजर, दसैं आयो लगायतका बजारमा आएका गीतहरु चर्चित छन् ।
