• २०८१ फागुन ३ शनिवार

हिजो राती

अरनेस्तो कार्देनाल

अरनेस्तो कार्देनाल

केही गोलीहरूको
आवाज सुनियो हिजो राती
समशानघाट तिर ।
कसैलाई थाहा छैन
कसलाई मारे उनिहरूले-
या कतिजना मारिए
कसैलाई केही थाहा छैन
केही गोलीहरूको
आवाज सुनियो हिजो राती
बस, यत्ति नै ।

अनुवाद: राजेन्द्र शलभ