• २०८२ आश्विन २७, सोमबार

देवी र मिनाको ‘किन आउँछ पापी तीज’ सार्वजनिक

काठमाडौँ ।

गायिका देवी हमाल र मिना रिसालको स्वर रहेको मौलिक तीज गीत ‘किन आउँछ पापी तीज’ सार्वजनिक गरिएको छ । दुई दशकभन्दा बढी समयदेखि नेपाली गीतसंगीतमा समर्पित हमालकै शब्द, सङ्गीत गीतमा छ ।

भिडियोको निर्देशन संचारकर्मी सुमनकुमार श्रेष्ठले गरेका हुन् । भिडियोमा सञ्चिता शाही ठकुरी, मनोज विश्वकर्मा, चक्रबहादुर हमाल ठकुरी, तारादेवी ठकुरी, लक्ष्मी केसी, रानु खाँड, चेतनशील महिला विकास समूहका कलाकारहरूको अभिनय छ ।

लक्ष्मण अधिकारीको प्रस्तुतिमा बनेको भिडियोमा केशव अधिकारी खत्रीको छायाङ्कन, प्रेम शर्मा पौडेलको सम्पादन छ । भिडियो काठमाडौँका रमणीय स्थलहरूमा छायाङ्कन भएको छ ।