• २०८२ कार्तिक १९, बुधबार

रहनु भएन कवि टेकनारायण रिमाल

काठमाडौँ ।

कवि टेकनारायण रिमाल कौशिकको याङ्गुन म्यानमारमा २०८२ साउन १० गते निधन भएको छ । हाम्रा म्यानमार प्रतिनिधि अनुसार उहाँ म्यानमारका जिउँदा भानु हुनुहुन्थ्यो । टेकनारायण रिमाल कौशिक गद्यकविता, पद्य कविता, हाईकू, ताङ्का आदि सबै प्रकारका काव्यलेखनमा सक्रिय हुनुहुन्थ्यो । उहाँका ’छतिवनको रुख (पद्य पुस्तक माला), घामका रङ्गहरू (मुक्तक सङ्ग्रह) आदि प्रकाशित छन् ।

२००६ साल माघ २३ गते जन्मनु भएका कवि कौशिकलाई धेरै वर्षअघिदेखि मधुमेह थियो ।