बोलिभियाली कविता

काठमाडौं ।
‘रानाथारु भाषा व्याकरण र शब्दकोश’ लोकार्पित भएको छ । आदिवासी रानाथारु जातिको भाषा र व्याकरणको खोज, अनुसन्धानलाई अघि बढाउँदै प्रा. डा. दुविनन्द ढकाल, राजकुमार राना र भाषाविद् कमल सिं रानाको संयुक्त संकलन, लेखन तथा सम्पादनमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश’ प्रकाशित भएको हो ।
कञ्चनपुरस्थित लालझाडी गाउँपालिकामा आयोजित एक कार्यक्रममा उक्त शब्दकोश सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रा.डा. दुविनन्द ढकालले यस पुस्तकले रानाथारु समुदायको भाषा र विकासमा महत्वपूर्ण सहयोग पुग्ने, लेखनमा शुद्धता र लिपिबद्ध गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मातृभाषा, कोष तथा व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपालीले आदिवासी जनजातिले भाषा, साहित्य र संस्कृति बचाउन सके मात्रै आआफ्नो अस्तित्व र पहिचान जोगिने बताए ।