
काठमाडौं ।
विनोद बरालको पुस्तक ‘मःमःका पाइलाहरू’को एक कार्यक्रमबीच विमोचन भएको छ । बेलायतमा बसोबास गर्दै आएका बरालको पुस्तक लन्डनमा सार्वजनिक भएको हो । गत साता आयोजित कार्यक्रममा साहित्यकार युवराज नयाँघरेले हरेक परिकारसँगै देश, संस्कृति र आफनो मौलिकता पनि सँगै जाने गरेको बताए । उनले यो पुस्तकमार्फत् नेपाली पहिचान र गौरव पनि साथै आएको उल्लेख गरे ।
लेखक बरालले आफू नेपाली परिकार अन्तर्राष्ट्रिय स्तरमा र्पुयाउन अग्रसर भइरहने बताए ।