समाचार

काठमाडौँ ।
भर्खरै अक्षर चिन्न थालेका बालबालिकालाई वर्णमालाको सिकाइसँगै खानेकुराको परिचय गराउने उद्देश्यले साङ्ग्रिला बुक्सले नयाँ पुस्तक ‘पोषण वर्णमालाः थरी–थरी रङ, थरी–थरी स्वाद’ प्रकाशन गरेको छ ।
यस पुस्तकका संयोजक कृष्ण जी. सी. र पूर्णचन्द्र वस्ती हुन् । उनीहरूका अनुसार, यो पुस्तकले बालबालिकामा सानैदेखि स्थानीय, परम्परागत र पोसिला खानेकुराप्रति सकारात्मक धारणा विकास गर्न मद्दत गर्नेछ। साथै, यसले असल खानपानको बानी बसाल्न अभिभावक र शिक्षकहरूलाई सहयोग पुरयाउने विश्वास पनि व्यक्त गरेका छन् ।
‘पोषण वर्णमाला’ पुस्तकले नेपाली वर्णमाला सिकाउने नयाँ शैली प्रस्तुत गरेको छ। प्रत्येक अक्षरसँग नेपालका विभिन्न स्थान र जातजातिका पोसिला खानेकुराहरूको परिचय समेटिएको छ। उपलब्धता र अध्ययनका आधारमा यस पुस्तकमा १६० भन्दा बढी खानेकुराहरू समेटिएका छन् । पुस्तकलाई आकर्षक बनाउने उद्देश्यले अनामिका गौतमले चित्रहरू तयार गरेकी छन् भने सम्पादन आन्विका गिरीले गरेकी हुन् ।