• २०८२ आश्विन २२, बुधबार

अनेसास साहित्य पुरस्कार २०२५ घोषणा

काठमाडौं ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले २०२५ को लागि विभिन्न विधामा प्रदान गरिने अनेसास साहित्य पुरस्कार घोषणा गरेको छ । यस वर्ष ११ विधामा उत्कृष्ट कृतिहरू छानिँदै पाँच सय डलर देखि २१ सय अमेरिकी डलरसम्मका नगदसहित पुरस्कार प्रदान गरिने भएको हो ।

सबैभन्दा ठूलो नगद राशी २१ सय डलर रहेको ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ रोशन थापा निरवको उपन्यास ‘सन्त्रासको साठी दिन’ लाई प्रदान गरिभएको छ । उक्त पुरस्कार अनेसास÷गोपि उप्रेतीको तर्फबाट दिइनेछ ।
अन्य पुरस्कार विजेताहरूमा ‘अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार’ (एक हजार डलर) कृशु छेत्रीको कविता सङ्ग्रह ‘पसिनाको क्यानभास’ (पुरस्कार दाताः विष्णुबहादुर शाह), ‘अनेसास सर्वोत्कृष्ट निबन्ध पुरस्कार’ (एक हजार डलर) मोमिलाको ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ (पुरस्कार दाताः तीर्थ पाण्डे), ‘अनेसास सर्वोत्कृष्ट कथा पुरस्कार’ (एक हजार डलर) कृष्ण कुसुमको कथा सङ्ग्रह ‘पाश्र्व ध्वनि’ (पुरस्कमार दाताः पदम विश्वकर्मा), ‘अनेसास सर्वोत्कृष्ट समालोचना, दर्शन तथा संस्कृति पुरस्कार’ (एक हजार डलर) डा. दुर्गाबहादुर घर्तीको ‘सांस्कृतिक अध्ययन’ (पुरस्कार दाताः रोहिणी शर्मा), ‘अनेसास सर्वोत्कृष्ट उपन्यास पुरस्कार’ (एक हजार डलर) अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ (पुरस्कार दाताः नारायण पाण्डे), ‘अनेसास सर्वोत्कृष्ट लोकसाहित्य पुरस्कार’ (१५ सय डलर) शशिराम कार्कीको पुस्तक ‘रुकुमको लोककथा’ (पुरस्कार दाताः भीम रेग्मी, पुरु सुवेदी, र रीतादेवी प्रधान), ‘अनेसास सर्वोत्कृष्ट गीत÷गजल पुरस्कार’ (पाँच सय डलर) लक्ष्मण सिटौलाको गीति सङ्ग्रह ‘धर्तीको ध्वनी’ (पुरस्कार दाताः पुरु सुवेदी÷कल्पना सुवेदी) ‘अनेसास सर्वोत्कृष्ट बालसाहित्य पुरस्कार’ (पाँच सय डलर) विमला ढुङ्गाना निरौलाको ‘यात्रामा देश’ (पुरस्कार दाताः शिव लामिछाने), ‘अनेसास सर्वोत्कृष्ट डायस्पोरा काव्य पुरस्कार’ (पाँच सय डलर) जगन्नाथ पौडेलको कविता सङ्ग्रह ‘बग्दैबग्दै’ (पुरस्कार दाताः गीता खत्री÷रश्मी भट्ट), र ‘अनेसास सर्वोत्कृष्ट डायस्पोरा वाङ्मय पुरस्कार’ (एक हजार डलर) तुलसी आचार्यको उपन्यास ‘स्वप्न भूमिलाई’ प्रदान गरिने भएको छ ।

अनेसासले यो पुरस्कार कार्यक्रममार्फत नेपाली भाषा, साहित्य र संस्कृति प्रवद्र्धनमा उल्लेखनीय योगदान पुरयाउँदै आएको छ । यस पटक पनि विविध विधामा समावेशी रूपमा सिर्जनशील स्रष्टाहरूको मूल्याङ्कन गरिएको छ । पुरस्कार वितरण समारोह चाँडै आयोजना गरिने कार्यक्रम संयोजकहरूले जनाएको छ ।