कविता

काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८१ सालको गरेको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डेले भाषा एवम् साहित्यतर्फ अमृत योन्जन तामाङ, संस्कृतितर्फ डा. सोमबहादुर धिमाल, संगीत नाट्यतर्फ राजेन्द्रबहादुर शाह र ललितकलातर्फ मुकेश मल्ललाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरे ।
कार्यक्रममा साहित्य विधातर्फ प्रादेशिक प्रतिभा पुरस्कार विमला तुम्खेवा, श्याम साह (श्यामसुन्दर साह), नर्मदेश्वरी सत्याल, मीनराज बसन्त (रेग्मी), भगवानदास यादव, समीर शाह (सल्यानी माइला) र नरेन्द्रप्रसाद भट्टलाई प्रदान गरियो । संस्कृतितर्फ प्रादेशिक प्रतिभा पुरस्कार कमलजंग राई, शीतल गिरी, तारादेवी सुनुवार, भक्तिप्रसाद शर्मा, इद्रिस खाँ (इद्रिस सायल), मोतिराज बम र देवेन्द्रप्रसाद भट्टलाई प्रदान गरियो ।
संगीत तथा नाट्यतर्फ प्रादेशिक प्रतिभा पुरस्कार विपीन पौडेल ‘किरण’, शिवशंकर रिजाल (जोगेन्द्र पानवाला), सुदेशराज शर्मा, दिया मास्के, उदिराम खड्का, तिलक परियार र प्रकाशबहादुर थापालाई प्रदान गरियो । ललितकलातर्फ प्रादेशिक प्रतिभा पुरस्कार हिम्मतबहादुर लिम्बू नेम्वाङ, (मूर्तिकला), गीताकुमारी ठाकुर, (लोककला – मिथिला), प्रमिला बज्राचार्य (चित्रकला), शशिध्वज तुलाचन (परम्परागत थाङ्का) हरिराम अधिकारी (मूर्तिकला), थेक्क्षोक तामाङ (चित्रकला, हस्तकला) र मित्थु चौधरी (चित्रकला, मूर्तिकला)लाई प्रदान गरियो ।
कार्यक्रममा महाकवि देवकोटा राष्ट्रिय पुरस्कारबाट कवि तीर्थ श्रेष्ठ, निबन्धकार लक्ष्मण गौतम, आख्यानकार नारायण ढकाल, बालसाहित्यकार कल्पना प्रधान र भाषासेवी रेशम घिमिरे ‘विरही’ पुरस्कृत भए । यस्तै, आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कार प्रा.डा. रामप्रसाद ज्ञवालीलाई पुरस्कृत गरियो । गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट कवि भरतबहादुर भण्डारी (सोझो गाउँले) र नाट्यकर्मी किरण राई (किरण चाम्लिङ राई) पुरस्कृत भए ।
भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार मानबहादुर विश्वकर्मा, भीमकान्त (भागवत) पन्थी र ‘दलन’ टेलिशृंखला टिमलाई प्रदान गरियो । कार्यक्रममा युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कारबाट प्रा. डा. देवीप्रसाद नेपाल पुरस्कृत भए । इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार बेलायत निवासी संस्कृतिकर्मी डा. जोन ह्वेल्पटनलाई प्रदान गरियो ।शताब्दीपुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कारबाट प्रा. डा. वीणा पौड्याल पुरस्कृत भइन् । योगमाया राष्ट्रिय पुरस्कार उपन्यासकार डा. नीलम कार्की ‘निहारिका’लाई प्रदान गरियो । पुरस्कृत सबैलाई नगद राशि र प्रमाणपत्र प्रदान गरियो ।
कार्यक्रममा मन्त्री पाण्डेले पुरस्कारले स्रष्टाको सिर्जना अझै प्रखर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले संस्कृति अमूर्त भए पनि सामाजिक रूपमा यो प्राणतत्त्व भएको उल्लेख गरे । सांसद छविलाल विश्वकर्माले यो पुरस्कारको ठूलो महत्त्व रहेको बताए । कार्यक्रममा मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सुरेशसरस श्रेष्ठ, विमला तुम्खेवा, नर्मदेश्वरी सत्याल, राजेन्द्रबहादुर शाह र जोन ह्वेल्पटनले बोले । सांस्कृतिक संस्थानका कलाकारले केही लोकनृत्य प्रस्तुत गरेका थिए ।