समाचार

सिड्नी ।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स च्याप्टरले २१२ औ भानु जयन्ती गत १२ जुलाई शनिवार सिड्नीको प्रिशा इभेन्ट, ब्ल्याकटाउनमा “अनेसास कविता महोत्सव २०२५“ आयोजना गरेर भव्यताका साथ सम्पन्न गरेको छ ।
कविता महोत्सवमा विशेष अतिथिहरु वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, कवि एवं साहित्यिक सर्जकहरु जीवराज घिमिरे, त्रिपुरा पौडेल लगायत करीब तीन दर्जन कविहरुले कविता वाचन गरेका थिए ।
आदरणीय व्यक्तित्वहरु अनिल पोख्रेल, रंजित शाह, चतुर्भुज खरेल, बिनोद कुँवर र मनकाश पियाले कार्यक्रमलाई सहयोग एवं प्रायोजन गरेका थिए। कार्यक्रम संयोजन सहयोगी जेनिशा गौतम र मिडिया सहयोगको लागि बचन न्युजका जीवन रायमाझी थिए ।
निरन्तर साहित्यिक सक्रियता र पुस्तक प्रकाशन सहित यस अनेसासलाई विशेष योगदान पुर्याउनु हुने संस्थाका सल्लहाकार राम कोइरालालाई अनेसास वर्ष अवार्ड सहित बधाई एवं आभार प्रकट गरिएको थियो ।