• २०८१ भाद्र २४ सोमबार

प्रा. सुवेदीको आत्मवृतान्त लन्डन र न्युयोर्कबाट एकैसाथ प्रकाशित

काठमाडौँ/२३ फागुन २०७८

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको आत्मवृतान्त बेलायतको लन्डन र अमेरिकाको न्युयोर्कबाट आइतबार एकैसाथ प्रकाशित भएको छ । बेलायतको एक प्रतिष्ठित प्राज्ञिक प्रकाशनगृह राउटले उक्त ग्रन्थ प्रकाशित गरेको हो ।

‘द वर्किङ् अफ ह्युमेन राइट्स्, ल एन्ड जस्टिस्’ नामक उक्त ग्रन्थमा सुवेदीले लमजुङबाट सुरु गरेको जीवनयात्रामा उनी कसरी अक्सफोर्ड विश्वविद्यालयबाट उत्कृष्ट शोधग्रन्थ पुरस्कारसहित विद्यावारिधि गर्ने पहिलो नेपाली बने भन्नेबारे उल्लेख छ । यस्तै अक्सफोर्डबाटै कानुनमा महाविद्यावारिधिजस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि पाउने विरलै व्यक्ति, न्याय र कानुनको क्षेत्रमा संसारकै प्रतिष्ठित व्यक्तित्व र सम्भवतः सबैभन्दा धेरै राष्ट्रिय- अन्तर्राष्ट्रिय सम्मान पाउने नेपाली बन्न पुगे भन्ने विवरण पुस्तकमा समावेश छ ।

बेलायती महारानीबाट ’अफिसर अफ द अर्डर अफ द ब्रिटिश इम्पायर’ (ओबीई) उच्चस्तरको उपाधि पाउने पहिलो नेपाली पनि हुन् सुवेदी । यस्तै बेलायतका प्रखर कानुनविदहरुले पाउने ’कुइन्स काउन्सेल’ उपाधिसमेत प्रा. सुवेदीले प्राप्त गरिसकेका छन् ।

सुवेदीको आत्मवृतान्तमा एक अन्तर्राष्ट्रिय बौद्धिक व्यक्तित्वको रूपमा उनले कसरी जीवनयापन गर्दैआए, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ- संस्थाका विभिन्न भूमिकामा रहेर कस्तो योगदान दिए भन्नेबारे पनि प्रकाश पारिएको छ ।


गलतीके सजा

मैं चन्दन हूँ